ऋषि सुनकले दिए प्रधानमन्त्री पदबाट राजीनामा, किन मागे बेलायतसँग माफी ?
barnanmedia.com · Fri Jul 05 21:44:41 UTC 2024

बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीको पराजयपछि प्रधानमन्त्री ऋषि सुनकले १० डाउनिङ स्ट्रिट बाहिर राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले पार्टीको पछिल्लो केही दशकयताकै खराब प्रदर्शनका लागि राष्ट्रसँग माफी मागेका थिए । उनले भने, ‘हारको जिम्मेवारी म लिन्छु । सुनकले कन्जरभेटिभ पार्टीले आफ्नो १४ वर्षको शासनकालमा हासिल गरेका उपलब्धिहरू उल्लेख गर्दै बेलायत सन् २०१० भन्दा बढी समृद्ध र स्वच्छ भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)