मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आसाममा बाढीका कारण थप ६ जनाको मृत्यु,२१ लाखभन्दा बढी प्रभावित

barnanmedia.com · Fri Jul 05 21:48:39 UTC 2024

आसाममा बाढीको अवस्था निरन्तर बिग्रँदै गएको छ । गएरातिदेखि आएको बाढीका कारण थप ६ जनाको मृत्यु भएको छ । बाढीबाट २९ जिल्लाका २१ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

प्रदेशका ठूला नदीहरु खतराको निशानभन्दा माथि बगिरहेका छन् । नलबारी जिल्ला सबैभन्दा बढी प्रभावित क्षेत्र हो । असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (ASDMA) ले बिहीबार राति बाढीका कारण मृत्यु भएका छ जनामध्ये चार गोलाघाट जिल्लाका रहेको बताएको छ। डिब्रुगढ र चिरायदेव क्षेत्रमा एक–एक जनाको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)