नेपाली राजनीतिमा उथलपुथल,केपी शर्मा ओली प्रधानमन्त्री भए भारतसँगको सम्बन्धमा कस्तो असर पर्छ ?
barnanmedia.com · Fri Jul 05 21:52:32 UTC 2024

नेपालमा राजनीतिक उथलपुथल चर्किएको छ । राजनीतिक समीकरण बदलिएपछि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुर्सी संकटमा परेको छ ।प्रचण्डले पदबाट राजीनामा नदिने तर संसदमा विश्वासको मतको सामना गर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी (नेकपा–एमाले)को समर्थनमा प्रचण्डको सरकार चलिरहेको थियो ।
अहिले कम्युनिष्ट पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । ओलीको कम्युनिष्ट पार्टीले अहिले नेपाली कांग्रेससँग गठबन्धन बनाएको छ । कम्युनिष्ट पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेससँगको सहमतिका कारण यो सबै भएको बताएका छन् ।उनले भने, "प्रधानमन्त्रीले एक महिनादेखि नेपाली कांग्रेससँग राष्ट्रिय एकताको सरकार गठनका लागि वार्ता गरिरहनुभएको थियो, त्यसले गर्दा अविश्वासको वातावरण सिर्जना भएको थियो। यस्तो अवस्थामा हामीले नेपाली काँग्रेससँग गठबन्धन गरेका हौँ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)