प्रधानन्यायाधीश नियुक्तिपछि बिदामा रहेकी सपना मल्ल सर्वोच्च अदालतमा पुनः हाजिर
kalakarmi.com · Mon Jun 08 05:47:47 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साताको बिदापछि अदालतको नियमित काममा फर्किएकी छिन् ।
प्रधानन्यायाधीश डा. मनोज शर्मा नियुक्त भएको दिनदेखि बिदामा रहेकी मल्ल सोमवारदेखि पुनः इजलासमा सहभागी भएकी हुन् । सर्वोच्च अदालतले उनलाई आज एकल तथा संयुक्त गरी दुईवटा इजलासको जिम्मेवारी दिएको छ ।
न्यायाधीश मल्लले पहिलो चरणमा एकल इजलासमार्फत मुद्दाको सुनुवाइ गर्नेछिन् भने त्यसपछि न्यायाधीश मेघराज पोखरेल सँगको संयुक्त इजलासमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।
न्यायालयको नेतृत्व परिवर्तनपछि लामो बिदामा रहेकी वरिष्ठ न्यायाधीशको अदालतमा पुनरागमनलाई न्यायिक वृत्तमा चासोका साथ हेरिएको छ । उनको सक्रियतासँगै सर्वोच्च अदालतका महत्वपूर्ण मुद्दाहरूको सुनुवाइ प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ
सपना प्रधान मल्ल