उपाधिका लागि नेपाल र हङकङ भिड्दै
kalakarmi.com · Mon Jun 08 05:36:25 GMT 2026
काठमाडौं– सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज सोमवार दिउँसो हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार आज दिउँसो १२ः१५ बजेदेखि प्रारम्भ हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ, किनभने दुबै टीम अपराजित रहँदै उपाधि भिडन्तका लागि पुगेका हुन् ।
आइतवार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । जीतका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)