अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनको काम तीव्र, इआइए अन्तिम चरणमा
lokaantar.com

राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा जग्गा सम्याउने र बाहिरी पर्खाल निर्माणको काम तीव्र पारिएको छ। परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि अन्तिम चरणमा पुगेको छ।
लोथरमा करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रीनफिल्ड टर्मिनल निर्माण हुनेछ। अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो १०.७५ इन्चको पाइपलाइन निर्माण गरिनेछ। पाइपलाइन पूर्व–पश्चिम राजमार्गको समानान्तर हुँदै हेटौँडा बजारलाई बाइपास गरेर राप्ती पुल नजिकबाट लोथरतर्फ जानेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)