बस र अटो ठोकिँदा २ जनाको मृत्यु, ३ घाइते
kendrabindu.com · Tue Oct 06 02:02:50 GMT 2026

दाङ । दाङको देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन्।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुप्र ०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुप्र ०२-००१ ख ०१११ नम्बरको बस लमही नगरपालिका-३ मजगाउँमा आपसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)