मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्‍चिम एशिया युद्धमा तीन वर्षमा इजरायलका १ हजार ३१८ सैनिकको मृत्यु

barnanmedia.com · Tue Oct 06 02:02:10 GMT 2026

पश्‍चिम एशियामा जारी द्वन्द्वका क्रममा तीन वर्षे अवधिमा आफ्ना १ हजार ३ सय १८ सुरक्षाकर्मीको मृत्यु भएको इजरायलले जनाएको छ । इजरायलको रक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा सुरक्षाकर्मी, सैनिक, अग्रमोर्चामा रहेका उद्धारकर्मी, जलसेवाका कर्मचारी,दमकलकर्मी, स्थानीय सुरक्षा संयोजकलगायतको नाम समावेश छ ।

यो तथ्यांकमा विगत तीन वर्षमा गाजा, वेस्ट बैंक, लेबनान, सिरिया र इराकमा भएका इजरायली सैन्य अपरेशनका साथै इरान र यमनका हुथी विद्रोहीहरूविरुद्धका कारबाहीहरूमा ज्यान गुमाउनेको नाम समेटिएको छ । सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै इजरायल युद्धमा होमिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)