पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
nepalsamaya.com · Fri May 15 10:45:40 GMT 2026

बेलबारी (मोरङ)। प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुसन्धानका लागि आउने क्रम बढेको हो।
पहिला वनभोज खान र घुमघामका लागि मात्र आन्तरिक पर्यटक आउने गरेकामा पछिल्लो समय सिमसार क्षेत्रमा जीवजन्तुको अनुसन्धान गर्ने उद्देश्यले विद्यार्थीहरू आउने क्रम बढेको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईले बताए। अघिल्लो साता काठमाडौंको एक कलेजबाट यहाँको पानी अुसन्धानका लागि विद्यार्थीको टोली आएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)