गौँथली’मा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा
arthadabali.com · Fri May 15 10:48:44 GMT 2026

काठमाडौँ / अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘गौँथली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टर मध्ये एकमा अरुण र सिम्रन छन् भने अर्कोमा सिम्रन एक्लै छिन् । यी दुई पोस्टरले फिल्मको सेटअप ग्रामिण भेगमा रहेको प्रस्ट्याउँछ । फिल्ममा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा छन् ।
यद्यपि, दुईको जोडी अनौठो र असामान्य देखिएको छ । अरुण खुसी देखिँदा सिम्रन भने दुखी देखिएकी छिन् । सिम्रन एकल रहेको पोस्टरमा उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)