अभिनेता इरफानको ‘दुबई रिटर्न’ बान्द्रा फिल्म फेस्टिबलमार्फत भारतमा प्रिमियर हुँदै
baahrakhari.com · Fri Jul 02 17:05:00 GMT 2021
मुम्बई । अन्तर्राष्ट्रिय स्तरबाट प्रशंसा पाएका दिवंगत अभिनेता इरफान खानको चलचित्र ‘दुबई रिटर्न’ भारतमा प्रदर्शन हुने भएको छ । इरफानको यो चलचित्र बान्द्रा फिल्म फेस्टिबलमा जुलाई ३ मा प्रिमियर हुने भएको हो ।
सन् २००५ मा बनेको यस चलचित्र कमेडि जनराको हो । चलचित्रमा इरफान खान, विजय मौर्य, रजक खानको अभिनय रहेको छ । आदित्य भट्टाचार्यको निर्देशन रहेको यस चलचित्रमा इरफानले ग्याग्स्टर अफताब अंग्रेजीको भुमिका निभाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)