मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैलालीमा घरको छतमा जन्मदिन मनाउँदै गर्दा चट्याङ लागेर ७ जना घाइते

kendrabindu.com · Tue Oct 06 02:17:12 GMT 2026

कैलाली । कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लागेर उनीहरू घाइते भएका हुन्।

प्रहरीका अनुसार स्थानीय खुशिलाल चौधरीको घरको छतमा राति करिब साढे ९ बजे जन्मदिन मनाइरहेका बेला घरनजिकै चट्याङ परेको थियो। चट्याङको झिल्का लागेर ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)