भ्रष्टाचार र गैरकानुनी आर्जनमा कार्की सरकार कठोर बन्ने संकेत
barnanmedia.com · Mon Sep 29 22:10:23 GMT 2025

नेपालमा पटक–पटक सरकार फेरिन्छन् तर जनताले चाहेजस्तो सुधार कहिल्यै हुँदैन भन्ने गुनासो अन्ततः जेनजी विद्रोहमा विष्फोटक भएर देखियो । नभन्दै हालै बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सुरुवाती दिनमै दिएको संकेतले केही मात्रामा आशा जगाएको छ । यो सरकारले भ्रष्टाचार, गैरकानुनी आर्जन र राजनीतिक आडमा हुने ठूला–ठूला चलखेलविरुद्ध कठोर कदम चाल्ने मनसाय देखाएको छ ।
यसको प्रत्यक्ष उदाहरण बनेको छ– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा । देउवाकी पत्नी आरजु राणाका आफ्नै भाइ भूषण वर्षौँदेखि राज्यका ठूला खरिद, नियुक्ति र आर्थिक चलखेलमा संलग्न भएको चर्चा हुँदै आएको थियो । दिदीभिनाजुको राजनीतिक शक्तिको आडमा उनले अनधिकृत रुपमा राज्यसंयन्त्र हातमा लिएर कमाउ धन्दा चलाउँदै आएको भन्ने बुझाइका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छापामा मारेको हो । उनीजस्ता मानिसले कुनै औपचारिक पद वा जिम्मेवारी नहुँदा–नहुँदै राज्यका संवेदनशील निर्णयमा प्रभाव जमाएको कुरा खुला चर्चाको विषय बन्ने गरेको छ । यस्तै पात्रहरूकै कारण नेपाली राजनीतिमा नातावाद, भागबन्डा र संरक्षित भ्रष्टाचार मौलाएको भन्दै जेनजीहरुले सडकमा गोली थापेर आफ्नो रगत बगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)