सम्पत्ति शुद्धीकरणको जोखिम, १८ ऐन संशोधन गरिँदै
annapurnapost.com · Wed Sep 07 01:07:00 GMT 2022
काठमाडौं : सम्पत्ति शुद्धीकरणको जोखिमबाट बच्न सरकारले १८ वटा ऐनमा संशोधन गर्ने भएको छ। केही नेपाल ऐनमा संशोधन विधेयकमार्फत सरकारले एकैपटक सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित डेढ दर्जन कानुन संशोधन गर्न लागेको हो।
कानुनमन्त्री गोविन्द शर्माले मंगलबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरे। तर, संसद्को कोरम नपुगेपछि बैठक स्थगित भयो। अन्तर्राष्ट्रिय निकायले सम्पत्ति शुद्धीकरणका विषयमा मुलुकको अवस्थाबारे अनुगमन सुरु गरेसँगै सरकारले कानुन संशोधन गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)