कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी
kendrabindu.com · Tue Oct 06 02:27:43 GMT 2026

म्याग्दी । पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ। हाल चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका पनि वर्षाका कारण बेनी–जोमसोम–कोरला क्षतिग्रस्त भएपछि स्तरोन्नतिका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको हो।
सडक मर्मतमा प्रयोग भएका उपकरणका लागि इन्धन अभाव भएपछि नेपाली सेनाको सहयोगमा आज ड्रोनबाट डिजेल ढुवानी गरिएको हो। रघुगङ्गा गाउँपालिका–२ कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ। सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)