मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्युजिल्यान्डसँगको पहिलो टी–२० मा घरेलु टोली यूएई १९ रनले पराजित

Ujyaaloonline.com · Fri Aug 18 00:45:50 GMT 2023

काठमाण्डाै - घरेलु टोली यूएई पहिलो टी–२० मा न्युजिल्यान्डसँग १९ रनले पराजित भएको छ । योसँगै तीन खेलको शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको यूएई १९ ओभर ३ बलमा १ सय ३६ रनमा अलआउट भयो ।

यूएईका अर्यांश शर्माले सर्वाधिक ६० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । न्युजिल्यान्डका टिम साउथीले ५ विकेट लिए । मिचेल सान्टनार र जेम्स निसमले समान दुई विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)