मस्तिष्कका स्नायु कोषलाई प्रकाशबाट नियन्त्रण गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल
bishowkhabar.com · Tue Oct 06 02:34:48 GMT 2026

काठमाडौं – मस्तिष्कका स्नायु कोष तथा तिनका सञ्जाललाई प्रकाशको माध्यमबाट नियन्त्रण गर्न सकिने प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याएका तीन वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।
नोबेल पुरस्कारका लागि ५४ वर्षीय कार्ल डाइसेरोथ, ७१ वर्षीय पिटर हेगेमान र ७३ वर्षीय जर्ज नागेल छनोट भएका हुन्। उनीहरूले ‘लाइट–गेटेड आयन च्यानल’ तथा ‘अप्टोजेनेटिक्स’ को क्षेत्रमा गरेको अनुसन्धानका लागि यो सम्मान पाउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)