प्राविधिक परीक्षण र मर्मतसम्भारका लागि मनकामना केबलकार बन्द
gorkhapatraonline.com · Tue Oct 06 02:40:50 GMT 2026

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने प्रमुख यातायातको माध्यम मनकामना केबलकारको सेवा मङ्गलबार एक दिनका लागि बन्द भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भार तथा सरसफाइका लागि असोज २० गते मङ्गलबार केबलकार सेवा बन्द गरिएको जनाएको हो।
मनकामना दर्शन प्रालिका अनुसार केबलकारका टावरलगायत संरचनाको नियमित मर्मतसम्भार र आवश्यक सरसफाइ गर्नुपर्ने भएकाले एक दिनका लागि सेवा स्थगित गरिएको हो। निर्धारित कार्यतालिकाअनुसार केबलकारको प्राविधिक परीक्षण तथा मर्मतसम्भारको काम गरिने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)