मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप छनोट :  ओमानले जापानलाई १-० ले हरायो

ekantipur.com · Fri Sep 03 00:40:07 GMT 2021

टोकियो — ओमानले बिहीबार विश्वकप छनोटमा जापानलाई १–० ले पराजित गर्दै स्तब्धपूर्ण नतिजा निकालेको छ । खेलको अन्तिम मिनेटतिर इशाम अल साभीले ओमानका लागि ऐतिहासिक गोल गरे ।

समूह ‘बी’ को पहिलो खेलमै जापानले नसोचेको नतिजा स्वीकार्न पुग्यो । जबकि पछिल्लो राउन्डमा जापानले सबै ८ खेल जितेको थियो । वर्षाले भिजेको ओसाकास्थित पानासोनिक रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि जापानले टोकियो ओलम्पिकमा खेलाएका युवा खेलाडी ताकेफुसा कुबो रित्सु डोएनलाई मैदान पठाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)