साउदीमा सेना तैनाथ गर्न टर्की र पाकिस्तान सहमत
kendrabindu.com · Tue Oct 06 02:50:31 GMT 2026

काठमाडौं । साउदी अरेबियामाथि यमनका हुथी विद्रोही समूहको आक्रमणपछि साउदी अरेबिया, पाकिस्तान र टर्कीले साउदीमा सैन्य बल तैनाथ गर्ने सहमति गरेका छन् ।
साउदीको राजधानी रियाधमा सोमबार बसेको मक्का गठबन्धनको रणनीतिक राजनीतिक तथा रक्षा समितिको आपतकालीन बैठकपछि पाकिस्तानी विदेश मन्त्रालयले सहमति सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार तीन देशले सहमत सैन्य बल तथा क्षमता उपलब्ध गराउँदै साउदीमा सैन्य बलको द्रुत तैनाथी सुनिश्चित गर्ने निर्णय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)