आईसीसी एकदिवसीय विश्वकप : नेदरल्यान्ड्सविरुद्ध पाकिस्तान ८१ रनले विजयी
baahrakhari.com · Fri Oct 06 16:21:57 GMT 2023
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध ८१ रनको फराकिलो जित निकालेको छ ।
शुक्रबार भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले ४१ ओभरमा सबै विकेट गुमाएर २०५ रनमात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)