मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महँगीको मार, रमिता हेर्दै सरकार

ekantipur.com · Wed Jun 22 00:49:00 GMT 2022

काठमाडौँ — बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहँदा सरकारले भने न अनुगमन र हस्तक्षेपमा चासो दिएको छ न उपभोक्तालाई राहत दिने कार्यक्रम ल्याएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार खाद्यान्न, निर्माण सामग्री र ढुवानी सेवाको मूल्य बढेको छ । उनले मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजार र इन्धनमा भइरहेको मूल्यवृद्धि रहेको दाबी गरे । ‘करिब ९० प्रतिशत आयातमै निर्भर छौं । अन्तर्राष्ट्रिय कारणले पनि मूल्य बढेको देखिन्छ,’ शर्माले भने, ‘इन्धनमा मूल्यवृद्धि हुँदा ढुवानी भाडा बढ्छ । त्यसले बजार भाउ करिब ३५ प्रतिशतले उकालो लाग्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)