मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीमा चट्याङ लागेर सात जना घाइते

ratopati.com · Tue Oct 06 03:07:54 GMT 2026

धनगढी । धनगढीमा चट्याङ लागेर सात जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लाग्दा सात जना घाइते भएका हुन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मंगलबार राति करिब ९ः३० बजेको समयमा स्थानीय खुसीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)