अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
barnanmedia.com · Thu Dec 11 22:24:25 GMT 2025

काठमाडौँ, २६ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ १२ पैसा र बिक्रीदर १९३ रूपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ १८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)