जाजरकोटमा स्क्रब टाइफस बढ्दो, तीन महिनामा १२२ संक्रमित
barnanmedia.com · Tue Oct 06 03:06:44 GMT 2026

जाजरकोटमा स्क्रब टाइफस संक्रमण बढ्दै गएको छ। साउनदेखि असोजसम्म तीन महिनामा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा १२२ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ४०४ जना शङ्कास्पद बिरामीको परीक्षण गरिएको थियो। साउनमा १९, भदौमा ५६ र असोजमा ४७ जनामा संक्रमण पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)