मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’

kendrabindu.com · Fri May 15 10:54:45 GMT 2026

बेलबारी (मोरङ) । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुसन्धानका लागि आउने क्रम बढेको हो ।

पहिला वनभोज खान र घुुमघामका लागि मात्र आन्तरिक पर्यटक आउने गरेकामा पछिल्लो समय सिमसार क्षेत्रमा जीवजन्तुको अनुुसन्धान गर्ने उद्देश्यले विद्यार्थीहरू आउने क्रम बढेको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईले बताए । अघिल्लो साता काठमाडौँको एक कलेजबाट यहाँको पानी अनुुसन्धानका लागि विद्यार्थीको टोली आएको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)