मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भियतनाममा समुद्री आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु

barnanmedia.com · Mon Sep 29 23:04:47 GMT 2025

मध्य र उत्तरी भियतनाममा बुआलोई समुद्री आँधीले वितण्डा मच्चाएको छ। यसका कारण सो क्षेत्रका सयौँ घरमा क्षति पुगेको वा नष्ट भएको छ। बिजुलीका पोलहरू पनि ढलेका छन् । आइतबार राति समुद्री आँधीका कारण पहिरो गएपछि दर्जनौँ हराइरहेको वा घाइते भएको बताइएको छ ।

बुआलोई टाइफुनका कारण कम्तीमा ११ जनाको मृत्यु भएको भन्दै सरकारी सञ्चार माध्यमले समाचार छापेको छ। आइतबार राति आएको समुद्री आँधीसँगै परेको मुसलधारे वर्षाले सडकहरू डुबाएपछि दर्जनौँ बेपत्ता वा घाइते भएका भएको भनिएको छ । बाढीले सडक, पुल बगाएका छन् भने आँधीले घरका छाना उडाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)