जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरी आमा
ekantipur.com · Fri Jul 05 23:37:29 UTC 2024

जुम्ला — बालविवाह रोक्ने भन्दै आधा दर्जन गैरसरकारी संस्थाले घरदैलोमै पुगेर सचेतना फैलाइरहे पनि जुम्लाका १७ प्रतिशत किशोरी आमा बनेका छन् । जनस्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरीहरू आमा बनेका छन् ।
स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न जाने महिलाको उमेर समूह हेर्दा यो तथ्यांक भेटिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । सबैभन्दा धेरै गुठीचौर गाउँपालिकामा ३३ प्रतिशत किशोरी उमेर नपुग्दै आमा बनेका छन् । पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, कनकासुन्दरीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरी आमा बनेका छन् । यो तथ्यांकले जुम्लामा बालविवाहको अवस्था निकै भयावह देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)