मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोप हुँदै लहरे पैंचरी नाँच

rajdhanidaily.com · Sun Feb 04 23:33:39 GMT 2024

दैलेख । पछिल्लो समय जिल्लामा नाचिने लहरे पंैचरी नाच बिस्तारै लोप हुँदै गएको छ। युवाहरुले लहरे पंैचरी नाच सिक्न र नाच्न नमान्दा अहिले जिल्लामा यो नाच लोप हुन थालेको हो ।

नारायण नगरपालिका–११ बिन्ध्याबासिनीका ८० बर्षिया मैनबहादुर बिष्टले लहरे पंैचरी नाच बिस्तारै लोप हुन्छ की भन्ने चिन्ता लागेको बताए। अहिलेका युवाहरुले लहरे पैचरी नाच सिक्न र नाच्न नमान्दा प्राचीनकाल देखि दैलेखमा नाचिने पंैचरी नाचनै लोप हुने अवस्थामा पुगेकोे उनले गुनासो गरे।दैलेख जिल्लामा परम्परागत रुपमा लहरे पैंचरी नाच हरेक चाडपर्व, बिवाह, सास्कृतिक कार्यक्रममा खेलिँदै आएको उनले राजधानीलाई जानकारी दिए। पहिला पहिला धार्मिक पर्व तथा बिवाहरुमा पंैचरी नाच नाचिने गरेको समेत उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)