मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दस दिनदेखि शवको उद्धारको पर्खाइ

gorkhapatraonline.com · Tue Oct 06 03:29:14 GMT 2026

मुगु र हुम्लाको सीमाक्षेत्रमा जडीबुटी सङ्कलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएपछि उद्धारमा भएको ढिलाइले मृतकका आफन्त र बेपत्ताका परिवार १० दिनदेखि पीडामा छन् । झडपमा मृत्यु भएका एक जनाको शव सुरक्षाकर्मीले घटनास्थलमै फेला पारे पनि बाक्लो हिउँ र भौगोलिक विकटताका कारण शव सदरमुकाम ल्याउन सकिएको छैन । एक जना अझै बेपत्ता छन् ।

मुगुम कार्मारोङ गाउँपालिका–९, पापु र छाइलाका स्थानीय कुट्की जडीबुटी सङ्कलनका लागि मुगु र हुम्लाको सीमाक्षेत्रमा पर्ने मिमी पाटन वनतर्फ गएका बेला असोज ११ गते दुई पक्षबिच झडप भएको थियो । झडपमा मुगुमकार्मारोङ गाउँपालिका–९, पापुका २२ वर्षीय गणेशबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)