मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भरौल गोल्डकपमा राजारानी क्लबको बिजयी सुरुवात

neplays.com

धनकुटाको राजारानी फुटबल क्लबले पाचौ अन्तराष्टिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । सुनसरीको बराहक्षेत्र ५ स्थित भरौल खेलमैदानमा आज शनिबार भएको उद्धघाटन खेलमा कञ्चनजंगा फुटबल क्लब भारतलाई ४–१ गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

राजारानीका लागि शिशिर लेखी र मनिष थापाले २–२ गोल गरे । लेखीले खेलको २७ औ र ३५ औ मिनेटमा गोल गरे । थापाले ३० अ‍ौ र ४७ औ मिनेटमा गोल गरेका थिए । कञ्चनजंगाको लागि पुजन सुब्बाले ८२ औ मिनेटमा सान्तवना गोल गरे । आजको खेलको म्यान अफ द म्याच राजारानी क्लबका शिशिर लेखी घोषित भए ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)