क्रिमिया जोड्ने पुल विस्फोटमा संलग्न ८ पक्राउ
ekantipur.com · Thu Oct 13 00:48:52 GMT 2022
मस्को — क्रिमियालाई रुससँग जोड्ने पक्की पुलमा गत शनिबार विस्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा रुसी प्रहरीले ८ जनालाई पक्राउ गरेको जनाएको छ ।
सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई आफ्नोमा गाभेको थियो । क्रिमियालाई जोड्नेगरी सन् २०१८ मा निर्माण सम्पन्न भई राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गरेको उक्त पुलबाटै रुसले आफ्ना प्रमुख व्यापारिक गतिविधि सञ्चालन गर्दै आएको थियो । तर, विस्फोटक पदार्थ राखिएको ट्रक पुलमा विस्फोट गराइएपछि रुसको व्यापारिक गतिविधिमा धक्का लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)