मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

विद्यार्थीका लागि जापान र अस्ट्रेलिया खुल्यो भिसा लागिसकेकालाई तयार रहन इक्यानको आग्रह

rajdhanidaily.com · Wed Nov 24 23:43:36 GMT 2021

काठमाडौं । अध्ययनका लागि जापान र अस्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई ती देश खुला भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जापान र अस्ट्रेलियाको बोर्डर खुलेको जानकारी दिँदै सबै तयारी पूरा गरेर बसेका विद्यार्थीहरूलाई तयारी अवस्थामा बस्न सुझाव दिएको छ ।

इक्यानले पत्रकार सम्मेलन गरेर अस्ट्रेलिया जान मात्रै ३ हजार ७ सय विद्यार्थी तयारी अवस्थामा रहेको भन्दै जापान र अस्ट्रेलिया जान बाटो खुलेको जानकारी गराएको हो । जापानले गत ८ नोभेम्बरदेखि नै पर्यटक भिसाबाहेक अन्य भिसाका लागि बोर्डर खुला भएको निर्णय गरेको थियो भने अस्ट्रेलियाले आगामी १ डिसेम्बरबाट विदेशी विद्यार्थीलगायत अन्य वर्गका यात्रुलाई बोर्डर खुला गर्ने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)