ॐ शिवपुरी सहकारीको भवन उद्घाटन
thahakhabar.com
काठमाडौँ : पूर्व शिक्षामन्त्री शिशिर खनालले ॐ शिवपुरी बचत तथा ऋण सहकारीको भवन शनिवार उद्घाटन गरेका छन्।
तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य खनालले सहकारी समाजको मेरुदण्ड भएको बताए। उनले भने‚ ‘समतामूलक समाज निर्माण गर्न सहकारीको हात छ। इतिहासदेखि गुठी प्रचलित छन्। यसले समूहमा बाँच भनेर सिकाएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)