विमानस्थल निर्माणमा हालसम्म झण्डै २० करोड रुपैयाँ खर्च , सम्पन्न हुन नसक्दा स्थानीयको प्लेन चढेर काठमाडौं जाने सपना अधुरै
barnanmedia.com · Fri Jul 05 23:46:17 UTC 2024

२०७३ असार १३ गते पहिलो चरणमा शिलान्यास भएको अर्घा भगवती विमानस्थल परियोजना आठ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयको प्लेन चढेर काठमाडौं जाने सपना अधुरै रहेको छ । तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गर्नुभएको उक्त विमानस्थल निर्माणमा हालसम्म झण्डै २० करोड रुपैयाँ खर्च भइसकेको छ । तर, कच्ची धावनमार्गबाहेक अन्य पूर्वाधार बन्न सकेको छैन ।
विमानस्थल छिटो बनाउने भन्दै रायमाझीले पटक-पटक कामको औपचारिक शिलान्यास गरिसक्नुभएको छ । २०७३ मा शिलान्यास भए पनि काम सुरु नभएपछि उहाँले फेरि २०७६ मा निकै धुमधामका साथ स्थानीयलाई जम्मा गरेर विमानस्थल निर्माणको काम सुरु गर्नुभएको थियो । विमानस्थलको धेरै संरचना हालसम्म पनि बनिसकेको छैन । सन्धिखर्क नगरपालिका-१० धरमपानीको शिखरबार्नीमा अर्घा भगवती विमानस्थल बन्दैछ । आयोजनाको प्रगति भने ७० प्रतिशत पुगेको आयोजनाले दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)