प्लास्टिकका माला र सजावटी सामग्रीमा प्रतिबन्ध
gorkhapatraonline.com · Tue Oct 06 03:45:11 GMT 2026

चाडपर्वलाई स्वच्छ, हरित र पर्यावरणमैत्री बनाउने उद्देश्यले व्यास नगरपालिकाले प्लास्टिकजन्य कृत्रिम फूलगुच्छा, माला तथा सजावटी सामग्रीको उत्पादन, आयात, बिक्री–वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा रोक लगाएको छ।
नेपाल सरकारको निर्णय तथा प्रचलित कानुनबमोजिम यस्ता प्लास्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाइएको स्मरण गराउँदै नगरपालिकाले सोमबार सूचना जारी गरी व्यास क्षेत्रभित्र यस्ता सामग्रीको कारोबार तथा प्रयोग नगर्न सर्वसाधारण र व्यवसायीलाई आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)