मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘अतिवादी इसारा’ मा डेमिरलमाथि प्रतिबन्ध

ekantipur.com · Fri Jul 05 23:58:22 UTC 2024

बर्लिन — टर्कीका डिफेन्डर मेरिह डेमिरलले युरोको शनिबार नेदरल्यान्ड्सविरुद्ध हुने क्वाटरफाइनल गुमाउने भएका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए) ले उनलाई दुई खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अतिवादी राष्ट्रिय इसारा गरेको आरोपमा उनीविरुद्ध यो निर्णय गरिएको हो । टर्कीले भने यस निर्णयलाई एकपक्षीय र भेदभावपूर्ण भनेको छ । टर्कीले अन्तिम १६ मा अस्ट्रियाविरुद्ध प्राप्त २–१ जितमा दुवै गोल उनले नै गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)