लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, थपिए ७ मन्त्री
ekantipur.com · Sat Feb 11 16:50:15 GMT 2023
रूपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गिरिको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रदेश प्रमुख शेरचनले एमालेबाट विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी र तुलसीराम शर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । त्यस्तै माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित थारु, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता र राप्रपाबाट जानकीप्रसाद यादवलाई नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)