कोरला नाका अन्तर्राष्ट्रिय बनाउने चीनको प्रस्ताव, पूर्वाधारमा सहयोग गर्ने प्रतिबद्धता
barnanmedia.com · Tue Oct 06 03:45:21 GMT 2026

चीनले मुस्ताङको कोरला नाकालाई अन्तर्राष्ट्रिय सीमानाकाका रूपमा विकास गर्न औपचारिक प्रस्ताव गरेको छ। चीनको परराष्ट्र मन्त्रालयले नेपाल सरकारलाई पत्र पठाउँदै कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा स्तरोन्नति गर्न प्रस्ताव गरेको हो।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ मा रहेको कोरला नाका समुद्री सतहबाट करिब ४ हजार ६ सय मिटरको उचाइमा छ। हाल यो नाका परम्परागत सीमानाकाका रूपमा सञ्चालनमा रहे पनि पछिल्लो समय नेपाल–चीन व्यापारका लागि यसको प्रयोग बढ्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)