भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली
khabarhub.com · Tue Aug 04 14:26:56 GMT 2026

काठमाडौं – कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर, गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसहित २१ सदस्यीय टोली अध्ययन भ्रमणका लागि भारत प्रस्थान गरेको छ।
भारत सरकारको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत आयोजना गरिएको भ्रमणमा टोलीले भारतको हैदराबादस्थित राष्ट्रिय ग्रामीण विकास तथा पञ्चायती राज संस्थानमा कृषि, दिगो विकास र सुशासनसम्बन्धी विशेष तालिम लिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)