लाप्चाका चाैंरी गाईका गोठ ताक्ची सारियो (फोटो फिचर)
deshsanchar.com · Thu Oct 12 17:15:11 GMT 2023
सिमकोट – नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रबाट ताक्चीमा चौंरी गाईका गोठ सारिएको छ। पाँच हजार मिटर अग्लो लाप्चामा चिसो बढ्नु र बुकी पनि सुक्न थालेपछि चौंरी गोठालाले गोठ ताक्चीमा सारेका हुन्।
ताक्चीमा चौरी गाई पाल्दै आउनुभएका लिमी हल्जी गाउँका स्थानी जाङ्मु तामाङले दश दिनयता चौंरी गाईलाई लाप्चाबाट ताक्चीमा गोठ सारिएको बताइन्। उच्च पाटनमा चिसो बढ्नु र चौंरी गाईले खाने बुकी सुक्न थालेपछि चार हजार दुई सय मिटरको उचाइमा पर्ने ताक्चीमा चौरी गाईको गोठ सारिएको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)