सरकारले भुक्तानी नदिँदा आर्थिक दबाब बढेको निर्माण व्यवसायीको गुनासो
ekantipur.com · Sat Jul 06 00:07:00 UTC 2024

काठमाडौँ — सरकारले भुक्तानी गर्नुपर्ने रकम सयममै उपलब्ध नगराउँदा आफूहरूलाई समस्यामाथि समस्या थपिएको निर्माण व्यवसायीले गुनासो गरेका छन् । निर्माण व्यवसायीलाई सरकारले ६० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहे पनि आनाकानी गरिरहेको उनीहरूको भनाइ छ । जसकारण आफूहरूमाथि आर्थिक दबाब बढेको र कतिपय व्यवसायी आत्महत्याको स्थितिमा समेत पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
यही असार १५ मा डडेलधुरा, अमरगढी नगरपालिका–५ का निर्माण व्यवसायी डम्बरदत्त भट्टले आत्महत्या गर्नुको पछाडि सरकार दोषी रहेको महासंघको आरोप छ । ‘सरकारले दिने रकम समयमा भुक्तानी नहुँदा व्यवसायीलाई आर्थिक दबाब भइरहेको छ,’ महासंघका अध्यक्ष रवि सिंहले भने, ‘यो झेल्न नसकेर ती व्यवसायीले आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)