अस्ट्रेलियका ११३ वर्षीय केन विक्स अझै आफैं गर्छन् दैनिक काम
onlinekhabar.com · Tue Oct 06 03:55:36 GMT 2026

अस्ट्रेलियाका सबैभन्दा जेठा जीवित व्यक्ति केन विक्स ११३ वर्षका भएका छन् । न्यू साउथ वेल्सको ग्राफ्टनमा बस्दै आएका विक्सले सोमबार, अक्टोबर ५ मा आफ्नो ११३औँ जन्मदिन मनाएका हुन्। उनी सन् १९१३ मा जन्मिएका थिए।
अझ रोचक कुरा, केन विक्स अहिले विश्वकै दोस्रो सबैभन्दा वृद्ध जीवित पुरुष हुन्। उनीभन्दा एक वर्ष जेठा ब्राजिलका जोआओ मारिन्हो नेटो ११४ वर्षका छन्। दुवैको जन्मदिन एउटै दिन—अक्टोबर ५ —पर्छ। यस अवसरमा दुवैले एक–अर्कालाई जन्मदिनको शुभकामना समेत पठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)