मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट पेस गर्न सुदूरपश्चिम प्रदेश सभा बैठक आह्वानको तयारी

ratopati.com · Tue Oct 06 04:12:12 GMT 2026

धनगढी । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पूरा हुन लाग्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट पेस गर्न सकेको छैन । बजेट पेस नभएका कारण प्रदेश सरकारसँग विकास र सेवा सञ्चालनका लागि खर्च गर्ने रकम छैन । बजेट अभावमा प्रदेश सरकारका नियमित कामदेखि विकास निर्माणसम्म प्रभावित भएका छन् ।

मंगलबार बिहान ११ बजे प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी छ । बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गर्न समितिको बैठक बोलाइएको हो । बैठकमा बुधबार अपराह्न ५ बजे प्रदेश सभा बैठक आह्वान गर्ने र बजेट पेस गर्ने सम्बन्धमा छलफल हुने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)