मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तटबन्धका लागि बजेट माग

gorkhapatraonline.com · Tue Oct 06 04:14:04 GMT 2026

नारायणी नदीको कटानका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित ऐतिहासिक सुस्ता बस्ती गम्भीर जोखिममा परेको छ । आपत्कालीन उद्धार र अस्थायी प्रयास मात्र पर्याप्त नभएकाले सुस्तालाई जोगाउन दीर्घकालीन रूपमा पक्की तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकताझन् टड्कारो बनेको छ ।

हाल करिब ३३० घरधुरीका तीन हजारभन्दा बढी बासिन्दा बसोबास गर्दै आएको सुस्तामा नदीको कटान रोक्न दिगो योजना अनिवार्य बनेको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार हालसम्म गरिएका आपत्कालीन बाढी नियन्त्रणका कामले अस्थायी राहत दिए पनि जोखिम टरेको छैन । सुस्ता जोगाउन करिब चार किलोमिटर क्षेत्रमा हाइब्रिड प्रविधि, जियोटेक्सटाइल, ग्याबिन र आरसिसी कङ्क्रिट पर्कोपाइनसहितको नयाँ तटबन्ध निर्माण, मर्मतसम्भार तथा स्तरोन्नति गर्नुपर्ने प्राविधिकको भनाइ रहेको छ । यसका लागि ठुलो धनराशि आवश्यक पर्ने भएकाले सरकारले बहुवर्षीय स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अविलम्ब अघि बढाउनुपर्ने स्थानीयको माग छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)