सशस्त्रका एआइजी वंशीराज दाहाल निलम्बित
nepalsamaya.com · Tue Oct 06 04:12:13 GMT 2026

काठमाडौं- सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्।
गृह मन्त्रालयले दाहाललाई तीन दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेस गर्ने गरी निलम्बन गरेको हो। गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको आरोपमा छानबिन अघि बढाइएको हो। सशस्त्र प्रहरी बल, नेपालबाट दाहालमाथि कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस प्राप्त भएपछि मन्त्रालयले छानबिन गर्ने निर्णय गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)