कृषिमन्त्री चौधरीसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोको भेट
onlinekhabar.com · Tue Aug 04 14:52:33 GMT 2026

१९ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
मन्त्रालयमा मंगलबार भएको भेटमा दुवैबीच आपसी हितका विविध विषयमा द्विपक्षीय छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री चौधरीले नेपाल र युरोपेली सङ्घबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा कृषि, वन, वातावरण एवं ग्रामीण विकासका क्षेत्रमा प्राप्त सहयोगको प्रशंसा गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)