मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खाद्यान्न अभाव नहुने

gorkhapatraonline.com · Tue Oct 06 04:32:11 GMT 2026

बाढीपहिरोका कारण सडक यातायातमा कठिनाइ भए पनि मनाङमा पर्याप्त खाद्यवस्तुको मौज्दात रहेकाले आगामी चाडपर्वमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मनाङले खाद्य तथा गैरखाद्य वस्तुको मौज्दात व्यवस्थापनसँगै नियमित बिक्रीवितरणलाई निरन्तरता दिँदै आएको छ ।

बाढीपहिरो तथा हिमपातजन्य विपत्का कारण यातायात प्रभावित भए पनि खाद्य डिपोबाट सर्वसाधारणलाई सहज रूपमा सेवा उपलब्ध गराइएको शाखा प्रमुख रामाशङ्कर कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार विपत्को समयमा बिहान ६ बजेदेखि राति १० बजेसम्म बिक्री कक्ष सञ्चालन गरी खाद्य तथा गैरखाद्य वस्तु बिक्रीवितरण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)