ठाउँठाउँको चेकिङले पर्यटक हैरान
ekantipur.com · Sat Jan 20 01:23:02 GMT 2024
भैरहवा — मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा अहिले भारतीय पर्यटक भरिभराउ छन् । सीमावर्ती सहरका होटल, क्यासिनो, स्पा र रेस्टुरेन्ट मात्र होइन, सीमा क्षेत्रबाट टाढाका पोखरा, चितवन, काठमाडौंमा अहिले भारतीय पर्यटकका कारण चहलपहल छ । लुम्बिनी प्रदेशका धार्मिक धाममा दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटकको भीड देखिन्छ । तेस्रो मुलुकबाट आउनेको संख्यामा उल्लेख्य सुधार नआएका बेला नेपालको पर्यटनलाई भारतीयले भरथेग गरिरहेका छन् ।
आन्तरिक र भारतीयको आगमनले पर्यटनको परम्परागत मान्यतामा परिवर्तन आएको व्यवसायी बताउँछन् । तर, भारतीयले मुलुक प्रवेशबिन्दुबाटै अनावश्यक झमेला बेहोर्नुपरिरहेको पर्यटनकर्मीको भनाइ छ । प्राकृृतिक र धार्मिकस्थल अवलोकनका लागि उत्साह बोकेर आउने भारतीय पर्यटक गुनासो बोकेर फर्किने गरेको उनीहरूको गुनासो छ । लुम्बिनी भ्रमणका लागि दिनहुँ रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुका नाका भएर भारतीय आउँछन् । तर, नाकामै भारतीय पर्यटकले भोग्नुपरिरहेको सास्तीबारे प्रशासनको जति ध्यानाकर्षण गराए पनि सुधार नभएको लुम्बिनीका पर्यटन व्यवसायी चन्दनसिंह कुँवरले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)