मुग्लिन-पोखरा सडक विस्तार : पहिरो जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने
nepalsamaya.com · Wed Apr 10 15:16:00 UTC 2024

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा पहिरो खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने भएको छ। पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ।
उक्त खण्डको करिब छ ठाउँमा वर्षाअघि कालोपत्र नगरिने मुग्लिन-पोखरा सडक विस्तार आयोजना पूर्वी खण्ड प्रमुख श्यामकुमार यादवले जानकारी दिए। 'पूर्वी खण्डको अन्तिम बिन्दुबाट म्याग्देको जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्दै आइरहेको छ,' उनले भने, 'उक्त स्थानमा करिब तीन किलोमिटर कालोपत्र गरिसकिएको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)